Nepali Online TV : चैत । श्री कृष्ण बम मल्लको शब्द र संगीत अनि राजेश बर्देवाको आबाजमा रहेको साइलीको चर्चा सुरु भएको छ । लोक दोहोरीबाट संगीतमा प्रबेश गरेका गायक कलाकार राजेश बर्देवा नया पुस्ताको अब्बल अनि सशक्त कलाकार हुन । उनी यति बेला आहा साइली बोल को लोक पप बिधा को डान्सिङ गीत लिएर आएका छन । लोक पप बिधाको यो गीतमा उनको पहिलो प्रवेश हो ।
निकै रमाइलो अनि रोमान्चकारी गीत साइली को यति बेला बजार मा चर्चा परिचर्चा सुरु भएको छ । र यो गीत निकै फरक र रोमान्टिक पनि भएकोले सर्बाधिक चर्चा बतुल्ने अनुमान समेत गरिएको छ ।
माया जाल मा पार्यो मायाले ,बोर भयो मायालु गितार बजाइदेउ ,मत सानू बिरानो गाउको हो ,घुम्ती नीर सिसाको ऐना , लगायत उनले दर्जनौ गीतमा आबाज दिएका छन, भने राजेश पछिल्लो समय विभिन्न मेला महोत्सबका स्टेज कार्यक्रममा पनि अति ब्यस्त कलाकार हुन । उनी एउटा कलाकार को साथमा कुशल कार्यक्रम उद्घोसक समेत भएकोले पनि कार्यक्रमहरुमा उनको माग र ब्यस्तता बढेको हो । उनी करिब पाच बर्ष सन्चा माध्यम मा सन्चार्कर्मी पनि रहेका थिए भने उनी बिज्ञान को बिधार्थी पनि भएको ले शिक्षक पेसामा पनि आबद्द थिए ।
No comments:
Post a Comment