सौल। दक्षिण कोरिया सरकारले प्राथमिक बिधालयबाट अंग्रेजी बिषय हटाउने तयारी गरेको छ। १ मार्च देखि प्राथमिक तहका पहिलो र दोस्रो बर्ष बिधालय समय पछि पढाई हुने ‘गहन अंग्रेजी’बिषयलाई बन्द गर्ने तयारी गरे संगै ७ हजार भन्दा स्वदेशी तथा विदेशी शिक्षकहरूको जागिर पनि जोखिममा परेको छ।
शिक्षा मन्त्रालयले बिधार्थीहरूलाई अंग्रेजी बिषय पनि पढाउदा कोरियन भाषामा ध्यान केन्द्रित हुन नसकेकोले यस्तो निर्णय गर्नु परेको बताएको छ। तर धेरै अभिभावकहरू भने सो बिषयलाई निरन्तरता दिन चाहान्छन् ।
उनिहरूले निजी ईन्सिच्युटहरूमा अंग्रेजी पढाउन महंगो शुल्क तिर्नुपर्ने हुँदा सो बिषयलाई निरन्तरता दिन चाहेका हुन्। स्मरण रहोस् अधिकांश कोरियाली बिध्यार्थीहरू अंग्रेजी भाषा भन्दा कोरियन भाषा बोल्न मन पराउँछन् ।
read more
किन अस्ताउछ कोरिया मा जीवन
किन अस्ताउछ कोरिया मा जीवन
हामी नेपालीको लागि देशमा आवश्यक रोजगारीको अभाव वा आफ्नै घर-परिवारको कमजोर आर्थिक अवस्थाका कारणले बिदेशिनु कुनै नौलो तथ्य रहेन। हरेक दिन परदेशिने क्रम संगै आत्महत्या,सुतेकै अवस्थामा मृत्यु तथा सवारी वा कम्पनीमा काम गर्दै गर्दा हुने दुर्घटनाले ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य छ।जसमध्ये दक्षिण कोरियामा पनि यस्तै बिबिध कारणले जीवन गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। आखिर किन बढीरहेको छ यसरी कोरियामा ज्यान गुमाउने नेपालीको संख्या?यो एक महत्वपुर्ण खोजको बिषय बनिरहेको छ।जसमध्ये यसका केहि प्रमुख तथ्य र कारणको सम्बन्धमा छोटो चर्चा गर्ने प्रयास गरेको छु –
१.नेपालको बेरोजगार समस्या:
प्रथमतः हामी नेपाली देशमा आधारभुत कुराहरुको समेत अभावले ग्रसित समस्यापुर्ण जीवन व्यतित गरिरहेका छौ।रोजगार को क्षेत्रमा नाताबाद र कृपावादको प्रभावले केहि गर्छु भन्ने योग्य ब्यक्तिले स्थान नपाउने अवस्थाले गर्दा आफ्नो रोजिरोटिको लागि होस वा कमजोर आर्थिक स्थिति सुधार गर्नको लागि हामी बिदेशिन बाध्य छौ।बिरानो देश,फरक रहनसहन,संस्कृति,खानपिन,भाषा,मौसम तथा असुरक्षित कार्यक्षेत्र आदिको कारणले हामीमा तनाव उत्पन्न हुन्छ।
२.अपुर्ण ज्ञान र देखासेखीको प्रभाव:
कुनैपनि क्षेत्रमा लाग्नु अघि त्यस सम्बन्धमा राम्रो ज्ञान हुनु जरुरी छ।जसले गर्दा काममा सहजता तथा भविष्यमा आइपर्ने बाधा-व्यबधानको सामना गर्न पनि सहयोग पुग्छ।तर हामी धेरै धन कमाइ सुखसयलको जिन्दगी बिताउने सपनामा डुबेर खास क्षेत्रको बिस्तृत जानकारी/ज्ञान नै नलिई अरुको लहैलहै/देखासेखीमा लागेर हाम फाल्ने गर्छौ जुन एकदम गलत हो र जसले गर्दा हामीमा सानोतिनो समस्याले पनि विषम तनावको रुप लिन्छ।कोरियाको भाषा,रहनसहन,खानपिन,काम गर्ने शैली,नीतिनियम आदिको बिषयमा राम्रो ज्ञान हासिल नगरी आउँदा यहांको अवस्थासंग जुध्न गाह्रो हुन्छ।त्यसैले कोरिया आउनु अघि पुर्ण रूपमा शारिरिक तथा मानसिक तवरले तयारी गर्नुपर्ने हुन्छ।
३.3D काम तथा कोरियनको अभद्र व्यवहार:
कोरियामा हामी(E-9 visa holder) ले गर्ने काम भनेको फोहोरी,गाह्रो र खतरनाक काम नै हो त्यो पनि तल्लो स्तरका(labour) कोरियनसंग।एक त 3D काम त्यसमाथि कोरियनको भेदभावपुर्ण व्यवहार,सँकुचित सोच,कार्यसमयमा दिइने तनाव आदि हामीले आफ्नो देशमा नभोगेको हुनाले त्यसले अनेक खालका तनाव सिर्जना गरिदिन्छ।
४.पारिवारिक दवाव तथा आफ्नै साथिको रबैया:
परिवारका सदस्यले यहांको वास्तविक अवस्था नबुझी बढी महत्वकाङ्क्षा राख्दा मानसिक दवाव उत्पन्न हुन्छ।यता कम्पनीमा संगै काम गर्ने पुरानो साथिले पनि कोरियनको नजरमा आफू राम्रो बन्ने ध्येयले घमन्डी सोच र रबैया देखाइ अरु साथिको भावनामाथि खेलवाड गर्ने वा ब्यक्तिगत आक्षेप समेत लगाउने गलत नियतका कारणले गर्दा पनि मानसिक तनावको सिकार बन्नुपरिरहेको अवस्था छ।
५.बढि महत्वकाङ्क्षी हुनु:
नेपालमा हुँदानै हामी कोरिया गएपछि सबथोक पाँउछौ,नेपालमा जति दु:ख नगरिकनै महिनामा लाख भन्दा बढि कमाइन्छ,सबै कुरा नेपालको भन्दा राम्रो छ,यी र यस्ता अनेकन महत्वकाङ्क्षाले जरो गाडेको हुन्छ।जब हामी कोरिया आइपुग्छौ,तब यी सव कुरा त त्यत्तिकै पाइने हैन,त्यसको लागि 3D काममा शारीरिक तथा मानसिक दुबै प्रकारको श्रम बेच्न तयार हुनुपर्ने रैछ भन्ने आभाष हुन्छ।वास्तवमै नेपालमा १०,००० कमाउन जति दु:ख गरिन्छ,त्यसको १० गुना भन्दा बढी श्रम गर्नुपर्छ यहाँ १ लाख कमाउनको लागि।त्यसैले कोरियामा बसेर सुनौलो सपना साँच्नु छ भने हामी अत्त्यन्त लगनशील र सहनशिल हुनु जरुरी छ।
केहि पाँउन केहि गुमाउनु पर्छ भनेझै हामी जे जस्तो कारण/अवस्थाले कोरिया आएको भएतापनि नेपालको भन्दा नितान्त भिन्न यहाँको भाषा,रहनसहन,संस्कृति,खानपिन आदिको बिषयमा राम्रो ज्ञान लिएर मात्र आउनु आवश्यक छ।साथै यहाँ आएपश्चात् हुने हरेक समस्या/तनाव र सरकार वा कम्पनीको कडा नीतिनियम सामना गरेर कार्यस्थलमा सुरक्षा अपनाइ बस्नुको बिकल्प छैन।त्यसकारण यस्ता कुराहरुको डटेर सामना गर्ने दृढता छैन भने आफ्नो अमुल्य ज्यान फाल्न कोरिया नआउनु नै बेस होला कि!नेपाल सरकार तथा कोरियास्थित अन्य सम्बन्धित निकायले पनि कोरियामा हाल बढिरहेको आत्महत्या/मृत्यु शृङ्खला रोक्नको लागि आवश्यक पहलकदमी गर्नुपर्ने देखिन्छ।
सुदर्शन तिमल्सिना ‘रिजन’
read more
मैले 23 बर्ष मा बिहे गरे भन्दा ” त त धनी रैछस” भने कोरियाली ले !
वैदेशिक रोजगारीका लागि कोरिया आकर्षक गन्तव्य मानिन्छ । वैदेशिक रोजगारीमा त्यता पुगेका नेपालीले कोरियाका अनौठा आनीबानी, संस्कार, संस्कृतिसँग परिचित हुन पाउने नैै भए । नेपालीलाई कोरियाको कतिपय आनीबानी, संस्कार, संस्कृति उल्टोजस्तो लाग्नु अस्वाभाविक होइन ।
प्रसंग–१
‘कसैलाई घरमै भेट्न जानु छ भने दुई/तीन दिनपहिले जानकारी गराउनुपर्छ,’ चार वर्ष १० महिना कोरिया बसेर नेपाल फर्केका चितवनका कस्तुप गैरेले सुनाए, ‘विनाजानकारी कसैको घर वा अपार्टमेन्ट पुगेर ढकढकाए पनि ढोका खोलिँदैन । ढोका ढकढकाउनेलाई सिसिक्यामेरामा हेरिन्छ । चिनेकै मानिस भए पनि ढोका खुल्दैन ।’

प्रसंग–२
गैरेसँगै ३६/३७ वर्षीय कोरियाली काम गर्थे । आत्मीयता साटासाट गर्थे । ‘उनको बुवा दिवंगत भइसकेका रहेछन् । घरमा ७०/७५ वर्षीया आमामात्रै थिइन् । तिमी कहिले डे, कहिले नाइट काम गर्छौ, आमालाई न्यास्रो लाग्दैनकी भनेर सोधें,’ उनले साथीले दिएको उत्तरबारे जानकारी गराए, ‘आमाको व्बाइफ्रेन्ड छन् । दिउँसो आमासँगै हुन्छन् ।’ छोरालाई आमाको ब्वाइफ्रेन्ड घरमै आउँछ भन्नेसम्म थाहा छ । तर, उनले सामान्य तरिकाले लिन्छन् । तर, नेपालीले सुन्दा अचम्म मान्ने नै भए ।

प्रसंग–३
कोरियालीले कामलाई पूजा गर्छन् । उनीहरूले समयको महत्व बुझेका छन् । लामो समय सँगै काम गरेपछि कोरियाली र नेपालीबीच अन्तरङ कुराकानी हुनु स्वाभाविकै हो । श्रीमान् कठिनभन्दा कठिन परिश्रम गरिरहेका हुन्छन् भने श्रीमती अरूसँग ‘डेटिङ’ मा रमाइरहेको हुने कोरियालीले नै नेपालीलाई सुनाउने गर्छन् ।

प्रसंग–४
अधिकांश कोरियालीको घर हुँदैन । ‘म जुन कम्पनीमा काम गर्थें उसको घर थिएन । अर्बाैं आर्जन गर्ने उसको कम्पनी थियो । दुई÷तीनवटा कार थिए,’ साहित्यकार गैरेले थपे, ‘नेपालीले नसके पनि ऋणपान गरेरसमेत घर बनाउँछन् । उनीहरूको त्यस्तो संस्कार छैन । उनीहरू अपार्टमेन्टमा बस्छन् । घरमा लगानी गर्ने रुपैयाँ कम्पनीमा गर्छन् । सम्पन्नले समेत अपार्टमेन्ट नै रोज्छन् ।’

प्रसंग–५
मध्यमवर्गका कोरियालीले आफ्ना छोरालाई २० वर्षसम्म लगानी गर्छन् । त्यसपछि आफ्ना लागि आफैंले कमाउनुपर्छ । पैसा दिनैपर्ने बाध्यता भएमा उसलाई अभिभावकले ऋण वा सापटीमात्रै दिने गर्छन् ।

प्रसंग–६
कोरियालीले तलब थापेपछि श्रीमतीलाई बुझाउँछन् । नारीप्रधान देश कोरियामा पुरुषले राम्रो लुगा लगाएर काममा गएको देखेपछि सँगै काम गर्ने अर्काले कतिमा, कहाँ किनिस् भनेर सोध्ने नै भए । ‘तर, आफूले लगाएको कपडा कतिमा कहाँ किनिएको हो भनेर उनलाई थाहा हुँदैन,’ काठमाडौंको बागबजारमा भेटिएका गायकसमेत रहेका कस्तुप गैरेले पोल खोले, ‘उनीहरू आफैंले सपिङ गर्दैनन् । श्रीमतीले जे किनिदिन्छन्, त्यही लगाउँछन् ।’

प्रसंग–७
‘धेरैले बिहे गर्दैनन्,’ उनको बुझाइ छ, ‘गरिहाले पनि धेरै उमेर पुगेपछि विदेशीसँग बिहे गर्छन् ।’ किन होला ? भनेर जिज्ञासा लाग्नु अस्वाभाविक होइन । ‘आर्थिक अवस्था कमजोर भएकाले त्यस्तो भएको हुन सक्छ,’ आफूले सुनेको कुरा उनले बताए, ‘कोरियाली महिलाले मासिक ५/६ लाख मेकअपमा खर्चिन्छन् । त्यो भनेको नेपाली ५०÷६० हजार रुपैयाँ हो । मासिक १०÷१२ लाख कोरियाली वन कमाउनेलाई परिवार धान्न सजिलो छैन । बिहे त्यत्तिकै खर्चिलो हुन्छ । कोरियालीलाई बिहे गर्न १० करोड वन खर्च लाग्छ ।’

प्रसंग–८
बिहे गरेपछि कोरियाली बाबुआमासँग बस्दैनन् । बिहे गर्न चाहनेले बिहेअघि नै अपार्टमेन्ट तयार गर्नुपर्छ । अपार्टमेन्ट तयार गर्न नसक्नेको बिहे हुँदैन । बिहेपछि श्रीमतीलाई राख्ने अपार्टमेन्ट हुनु अनिवार्य सर्तजस्तै हो । त्यतिमात्रै होइन, श्रीमतीका लागि खर्च गर्न सक्ने पनि हुनुपर्छ ।

प्रसंग–९
आफूले २३ वर्षमा बिहे गरेको सुनाउँदा सँगै काम गर्ने कोरियाली साथीले ‘तँ धनी परिवारको रहेछस् भनेको कस्तुप गैरेले आजसम्म बिर्सेका छैनन् ।

प्रसंग–१०
कोरियामा एउटै ठाउँ जाने फरक–फरक सडक छन् । फरक–फरक जाने सडकको करसमेत फरक–फरक नै हुन्छ । राजमार्गबाट गुड्दा कर बढी तिर्नुपर्छ । सुविधासमेत त्यहीअनुसारको हुन्छ ।

प्रसंग–११
कोरिया पुगेको दुई महिनापछि गैरेले मेसिनले धान काटेको देखे । मेसिनले धान काटेको देख्दा उनलाई अचम्म लागेन । तर, मेसिनले धान काट्दै जाँदा पछि–पछि फट्यांग्रा टिप्दै गएको कोरियाली देख्दा अचम्म लाग्ने नै भयो । बुझ्दै जाँदा उनलाई थाहा भयो– कोरियालीले फट्यांग्रा औषधिका रूपमा प्रयोग गर्दारहेछन् ।

प्रसंग–१२
होचा–होचा डाँडा हुनु कोरियाको विशेषता हो । रोबर्टसँग काम गर्नुपर्दासमेत गैरेलाई अचम्म लागेन । सुरु–सुरुमा रोबर्टसँग काम गर्दा अप्ठ्यारो भए पनि पछि बानी पर्दै गयो । उनले सम्झे, ‘कोरियालीले नयाँ वर्ष लाग्नसाथ सालिन्दा वर्षभरि गर्ने कामको क्यालेन्डर बनाउँछन् । बिरामी पर्दा वा कसैको निधन हुँदाबाहेक रुटिनअनुसार काम गर्छन् ।’

प्रसंग–१३
कोरियामा सकेसम्म शव गाड्ने चलन
शव जलाउनुलाई अशुभ मानिन्छ । तसर्थ, मृत्युपछि आफूलाई गाड्ने जमिन सम्बन्धित व्यक्तिले जीवित रहँदा किनिसकेका हुन्छन् ।

No comments:
Post a Comment