---"A Dead Rose"---एक मृत गुलाब/राजु झल्लु प्रसाद - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

---"A Dead Rose"---एक मृत गुलाब/राजु झल्लु प्रसाद

---"A Dead Rose"---एक मृत गुलाब/राजु झल्लु प्रसाद

Share This

एउटा गुमनाम ठेगानामा बेखबर केइ खबर लेखेर चिट्ठी पठाएथे ! कहाँ पुग्यो, कसले पढ्यो ? पुग्यो र ? पुगेन होला र ? खै कुन्नी ?
कसो-कसो त्यो चिट्ठी आज मैँ कहाँ आइपुगेको छ ! ठेगाना बत्ताइएको थियो ! उपहार छोडेको छु, लिनु; भित्र यत्ती लेखिएको थियो !
म बत्ताइएको ठेगाना तिर लम्किए ! हर पाइलामा एक पैताला बाटो टास्छु, अनि फेरि झार्छु ! फेरि टास्छु, फेरि झार्छु !
ठ्याक्कै मेरै जिन्दगि जस्तै गरि बिगृएको छ बाटो ! खाल्डाखुल्डी नाघ्दै/कुल्चिदै हिडिरहेछु !
लावारिस गल्लिहरुमा बहुत सम्हालिएर हिड्नु पर्च ! बडो एन्टिक हिडाइ हो यो जिन्दगीको !
भट्टी छिर्छु ! नेवा: ऐला घुट्काउछु ! सम्हालिन छाडिदिन्छु !
आकाश हेर्छु ! हेरिरन्छु ! आकाश जत्रो पिजडा के छ होला अर्को ? सोचिबस्छु !
चराहरु ! बराहरु !
***
बाइकमा ठोकिन पुगेछु !
मर्न मन छ मु* ? कोहि मेरो कानलाई गाली गर्छ !
अँ छ !
मर्छस् त ?, उ अब मेरो अस्तित्वलाई गाली गर्छ !
एँ, छैन ! अँ छैन, छैन !, म भन्छु !
उ रिसले ठिस् हुन्छ ! म त झन उसै ढिस् छु !
मान्छे किन आफ्नो अस्तित्वको दावी गरगरिरहन्छ, म सोच्दै हिड्छु !
मलाई म को हु ? म किन हु ? म छु ? जस्ता कुरा उति सार्हो कहिल्यै थाहा भएन ! सोच्नै छाडिदिर !
बाचे मृत्यु, मरे जिन्दगी छदै च ! कति सोच्नु हाउ ?
बरु उपहार के होला ? कस्ले छोड्या होला ? किन छोड्या होला ?, यो सोच्न थाले !
Dear reders !
केइ सोच्नुस् यार ! को हुन सक्ला ? के हुन सक्ला ?
***
स्मृतिका दिवांगत मितिहरु आउदा भए, जादा भए ! कसैको नाम सम्झिए, कसैको अनुहार सम्झिए ! उपहार दिने मान्छे सम्झिदा सम्झिदै मेरो उपचार गर्न पर्ने स्थिति भैसक्यो ! ठ्याक्कै यै होला, अहँ यकिन भन्न सकिन !
म अलि छिटो छिटो लम्किन्छु ! जिन्दगी आफैमा यात्रा हो र यात्री पनि !
म के हु ?
जिन्दगी ?
यात्रा ?
यात्री ?
या पुग्नुपर्ने गन्तव्य ?
फक यु मु* ! केइ पनि नसोची सुइसुई लुइकालुइ हिनं त ! आफैलाई भने !
आफैसँग बात् नमारेको थुप्रै रात भाथ्यो ! थुप्रै साझ भाथ्यो ! थुप्रै दिन भाथ्यो ! थुप्रै ब्यान भाथ्यो ! थुप्रै समय भाथ्यो !
आज छुस्स् बात् गरे ! क्या बात् वाला मज्जा आइगो !
आफैलाई धाप मारे ! आफैलाई धाप मार्दा झन मज्जा आयो !
***
सुसज्जित शहरबासिको गुप्ताङ्ग धोएर बगेको नालि छेउ छु ! अँ यार, बताइएको ठेगाना यै थियो !
नाली छेउ उपहार छोडेर जानेको दिमाग पक्कै खाली हुनपर्छ !
जीवन रहस्यमय आश्चर्य हो, भन्छन् ज्ञानीहरु ! लौ तेहि सहि !
मसँग भएको खाम निकाले ! ठेगना हेरे- यै हो ! भित्र लेखेको पढे- उपहार छोडेको छु, लिनु !
के उपहार छोडेको ? त्यो किन नलेख्या होला ?
ठ्याक्कै कहाँ नीर छोडेको, त्यो पनि लेख्द्या भ हुने नि !
यता उति, उति यता, जता यता, यता जता, तेता यता, यता तेतै जम्मै तिर खोज्न थाले !
उपहार के हो ? यो थाहा पाउनु आवश्यक देखे मैले !
चुरोट ?
रक्सी ?
कन्डम ?
किताब ?
जुत्ता ?
पेन/डायरी ?
प्रेमपत्र/सम्भोगपत्र ?
यार, के हुन सक्छ ?
ढुङ्गा/माटो/काठ ? - हैन हैन यी हुन सक्दैनन् !
इच्छा/रहर/सपना ? - तैट, यी त झन हुनै सक्दैन !
कोहि बिरामी भएको खबर/कोहि आरामै रहिरहेको खबर ? - कुन्नी यार !
मांपाखा होला चाइ के ?
खाम फेरि खोल्छु, खुब नियाल्छु ! नाम/नम्बर/ठेगना- अहँ केइ पनि छैन ! 'उपहार छाडेको छु !, लिनु', बस् यत्ती बत्ताइएको छ उपहारको बारेमा !
म आफैले पठाएको त्यो चिठी याद गर्छु ! के लेखेको थिए, सम्झिन्छु ! केइ पनि त लेख्या थि'न आखिर ! सब्बैथोक त लेख्या थि फेरि ! लेख्नैपर्ने कत्ती कुरा नलेख्दा नै सुन्दर हुन्छन्, यै सोचेर खाली कागज खाममा कोचेर बेठागान पठाएको थिएँ !
त्यै चिट्ठी, त्यै खालि कागाज ! त्यै खाम् ! सब्बै तेइ !
तर उपहार किन आयो ? कस्ले पठायो ?
मैले कुनै तेस्तो सम्मानित हार पनि बेहोर्या छैन ! कुनै तेस्तो लज्जास्पद जित पनि जित्या छैन !
म सोचिरहे !
***
झल्लु जि ! , कसैले बोलायो !
हजुर जि !, मैले बोले !
बोलाउने मान्छे वरिपरि देखिन !
म क्या म ! चिन्नुभो ?
को क्या को ? चिनिन !
अनि रक्सी छोड्नुभो ! घाट आउन छोड्नुभो, भन्ने सुन्या थे !
अँ छोडे !
अनि फेरि आज किन घाट आउनुभो ?
घाट नभन्नुस, सुसज्जित शहरबासिको गुप्ताङ्ग धोएर बगेको नाली हो बुझ्नु भो !
अँ बुझे !
के बुझ्नुभो ?
सुसज्जित शहरको गुप्ताङ्ग धोएर बगेको नाली हो यो !
राम्रो ! बुझ्नु राम्रो हो ! बुझ्नु भो ?
के ?
बुझ्नु राम्रो हो !
अँ बुझे, बुझ्नु राम्रो हो !
म सिग्रेट उडाउछु ! उ बोल्छ, एक्कासी !
हत्तेरी ! उपहार लिन आउनुभ'को ?
अँ !
उ त्या छ !
खै काँ ?
उ त्या !
त्या काँ छ ?
उ त्याँ ! , उ बलिरहेको चिता तिर देखाउछ !
त्यो चिता कसरी उपहार हुन्छ ?
चिता उपहार होइन क्या, बुझ्नुस् न यार ! नत्र चिन्ता उपहार हुन सक्छ !
म चिन्ता लिन्न ! बुझ्नुभो !
अँ बुझे !
के बुझ्नुभो ?
तपाई चिन्ता लिनुहुन्न !
राम्रो ! बुझ्नु राम्रो हो ! बुझ्नु भो !
हत्तेरी झल्लु जि बुझे क्या हाउ ! उपहार त्यां छ, लिनुहोला ! म गए !
उ गयो ! उ भुत्रो जानू, उस्को आवाज गयो ! उ बोल्न छाड्यो ! पक्कै उ गयो !
उसले देखाएको ठाउँ तिर जान्छु !
मेरो दुइ थान अल्कोहोलिक आखाँलाई बलिरहेको चिताको धुवाँले रुन्चे बनाइदियो !
बलिरहेको चिता माथी उभ्भेर जलिरहेको लास हेर्छु ! अनि उपहार खै कहाँ छ, त्यो पनि हेर्छु !
अलिक पर केइ देख्छु ! ओहो यहाँ पो रैछ !
चिट्ठी नै रहेछ !
कस्तो मुला ठिस् रच ! चिट्ठी उपहार हुन्छ त ? चिनो पो हुन्छ !
चिट्ठी:-
कुनै रुदै पढ्नु पर्ने हुन्छ !
कुनै हास्दै पढ्नु पर्ने हुन्छ !
कुनै रिसाउदै त फेरि कुनै चुपचाप सास रोकेर पढ्नुपर्ने हुन्छ !
यो कस्तो खाले चिट्ठी हो ! बाहिर पाउने/पठाउने कसैको नाम/ठेगना छैन् !
ठ्याक्कै मैले नै पठाएको चिट्ठी जस्तो ! भित्र पनि केइ लेख्या छैन ! खाली छ !
Dear readers !
एँ रोक्नुस, रोक्नुस ! पछाडि केइ लेखिएको छ ! म पढ्छु !
झल्लु जि ! आइ लब यु ! आइ लब यु भेर भेरी मच् ! I love your words. I lives your words. अँ ए एउटा चिनो छ लिनुहोला !
म यता उता हेर्छु ! ओइलिएको गुलाब रहेछ ! भुइँमा झरेको रहेछ ! टिप्छु ! हातमा लिग्छु ! सुघ्छु, वासना छैन् !
अनि फेरि पढ्छु, म यै फुल हु ! वासना नभएको ! वासना हुन्जेल सब्बैले मलाई प्रेम गरे ! तपाईंले यो पढिरहदा म जलिरहेको हुनेछु !
एँ वैट वैट ! मेरो अनुहार नियाल्ने कोसिस नगर्नुस् ! म धुवाँ भैसकेको हुन सक्छु ! हामी सबै धुवाँ हौ, हैन र माई डियर राइटर ?
म तपाईंले अहिले सम्म नभेटेको/नचिनेको तपाईंको प्रेमिका ! म तपाईंले लेख्दै नलेख्नु भएको कथाको नायिका !
नाम: बेश्या !
जात: रन्डी !
काम: सुत्नु !
दाम: ५०० पर रात !!
राजु झल्लु प्रसाद 
धादिङ्ग 

No comments:

Post a Comment