सन्दीप लामिछाने विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सन्दीप लामिछाने विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी

सन्दीप लामिछाने विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी

Share This

काठमाडौं, फागुन ४ – सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्बाधिक १७ विकेट लिएका १७ वर्षीया सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिवियाविरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानविरुद्ध २ तथा तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । युएईसँग बिहीबार भएको फाइनलमा उनले १ विकेट लिएका थिए । क्यानडाविरुद्ध १ विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारीमा सन्दीपले गतिलो साथ दिएका थिए । 
x


नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध सिनियर करिअरकै उत्कृष्ट बलिङ गरेका थिए ।
हालै आईपीएलको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो ।

No comments:

Post a Comment