१२ करोडको बजेटमा सलमान खानलाई नेपाल ल्याँईदै साथमा थुप्रै बलिउड कलाकार - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

१२ करोडको बजेटमा सलमान खानलाई नेपाल ल्याँईदै साथमा थुप्रै बलिउड कलाकार

१२ करोडको बजेटमा सलमान खानलाई नेपाल ल्याँईदै साथमा थुप्रै बलिउड कलाकार

Share This
काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खान होलीको अर्को साता नेपाल आउँदै छन् । सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् ।
सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ । आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ ।

ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभसँग भने, ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ । कार्यक्रमका लागि हामीले १२ करोड रुपैयाँ बजेट छुट्याएका छौं।’
‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् ।
सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

No comments:

Post a Comment