मात्रै समय र परिवेश फरक हो समस्या सबैतिर उस्तै हो, विस्वका सबैभन्दा बिकिषित देशहरुमा पनि तेस्रोलिंगीहरुलाई हेर्ने दृस्टीकोण लगभग उस्तै छ, मानौ उनीहरु कुनै अलग ग्रहबाट आएका हुन् वा मानब जातिनै हैनन् झैँ ब्यबहार गरिन्छ,
नाटककार चन्द्र प्रशाद पाण्डेयले लामो समयको अध्यनपछी यो नाटक तैयार पारेका हुन्,
यस नाटकमा तेर्सोलिंगीहरुको घरपरिवार देखि समाज सम्मको गहिरो अध्यन रहेको पाईयो |
हामि मान्छेहरु प्रकृतिको हरेक उत्पादनलाई सहर्ष स्वीकार गर्छु तर तेर्सोलिंगीलाई किन गर्दैनौ ? किन पल पल मरेर बाच्न बाध्य बनाईरहेका छौ ? के हामि भित्रको मानवताको अन्त्य भैसकेको हो त् ? कि हामीलाई अरुको स्वत्रन्त्रता खोस्ने अधिकार दिएको छ हाम्रो संस्कारले? कि हामि बढी स्वार्थि भएर अरुलाई प्रयोगमात्रै गरिरहेका छौ ?
यी र यस्ता धेरै प्रश्नहरु मनमा उब्जिन्छ यो नाटक हेर्दा, लेखकले खुब मजाले प्रस्तुत गरेका छन आफ्नो कला लेखनमा |
यस नाटकको कल्पना तथा निर्देशन भने आरके मेहता रोशनले गरेका छन्, मेहता नेपालि रंगमंचको लागि परिचित नाम हो, मेहताले लामो समयदेखि नेपालि नाटकहरुमा काम गरिरहेका छन्, उनले इटलि बाट फिजिकल थिएटरको कोर्ष गरेका हुन्, उनको निर्देशकीय पक्ष तारिफयोग्य छ भने कलाकार अनिल सुब्बाको अभिनय झन् जिबन्त छ, अनिल पनि नेपालि नाटकको लागि परिचित अनुहार हुन् उनले यो भन्दा पहिले पनि धेरै नाटकहरुमा अभिनय गरिसकेका छन् |
उनले अभिनय गरेका मध्ये केहि चर्चित नाटकहरु अनि देउराली रुन्छ,हरियो ढुंगा हुन् भने जिउँदो आकाश अहिले दोर्सो पटक मन्चन भएको हो , यो नाटक भारतको प्रसिद्द रंगस्कुल (NSD) National School of Drama ले आयोजना गरेको बिस्वब्यापी नाटक महोत्सब मा पनि जादै छ |
यो नाटक डाँफे थिएटरको प्रस्तुति हो भने निर्माता सम्रान्त थापा र टंक टाईगर(संग्रौला) हुन्
अहिले यो नाटक काठमाण्डौको कालिकास्थानमा रहेको सर्वनाम थिएटर मा मन्चन भैरहेको छ |
फाल्गुन ११ गतेबाट सुरु भएको नाटक १९ गतेसम्म लागातार मंचनमा रहनेछ, बिहिबार बाहेक हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि हुने छ | यदि तपाईहरु मध्य कोहिले हेर्नुभएको छैन भने एक पटक अबस्य हेर्नुहोला |
सानु बाबु मल्ल

No comments:
Post a Comment