नेपालको स्वाभिमानको लागि भारतको सहयोग जरुरि छैन भन्दै राजा महेन्द्रले लिएका यी निर्णयहरु - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नेपालको स्वाभिमानको लागि भारतको सहयोग जरुरि छैन भन्दै राजा महेन्द्रले लिएका यी निर्णयहरु

नेपालको स्वाभिमानको लागि भारतको सहयोग जरुरि छैन भन्दै राजा महेन्द्रले लिएका यी निर्णयहरु

Share This

नेपाल–भारत प्रबुद्ध समूहमा भारततर्फका सदस्य महेन्द्र पी. लामाले राजा महेन्द्रका पाँच निर्णयले नेपालमा भारतको प्रभाव कम भएको तर्क अगाडि सारेका छन् । हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा  ‘भारतले तय गर्नै पर्ने हिमालयका विषयमा नयाँ नीति’ शीर्षकमा एक लेख लेख्दै लामाले पाँच तर्क उल्लेख गरेका हुन् ।
राजा महेन्द्रले २०१७ सालमा १९ महिना कलिलो प्रजातन्त्र हरण गर्दैै पञ्चायती व्यवस्था लागू गरे । त्यसपछि उनले यस्ता पाँच निर्णय गरे जसका कारण नेपालमा चीन प्रवेश गर्यो र भारतको प्रभाव कम भयो ।
नेपालमा भारतको मामिला आवश्यक छैन भन्ने देखाउन महेन्द्रले लिएका पाँच निर्णय यस्ता थिएः
१. राजा महेन्द्रले छिमेकी भारत र चीनलाई बराबरको महत्व दिने निर्णय गरे । उनले पहिलो पटक चीनलाई नेपालमा प्रवेश गराउँदै काठमाडौं–कोदारी राजमार्ग निर्माणको जिम्मेवारी चीनलाई दिए । जसले नेपाल चीनसँग जोडिन सक्थ्यो । त्यसपछि भारतले त्रिभुवन राजमार्ग निर्माण गर्यो । जसबाट काठमाडौं भारतसँग जोडियो ।
२. दोस्रो काम राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग निर्माण गरे । यो कार्यले नेपालका दुई अति दुर्गम स्थानहरु आपसमा जोडिन पुगे । (पूर्व–पश्चिम राजमार्ग बनेको भए नेपालीहरु आफ्नै परिधिमा रमाउन थाले । भारतसँग धेरै मतलव भएन । जसका कारण भारतको प्रभाव घटेको लेखकको विश्लेषण हुनुपर्छ ।)
३. राजा महेन्द्रले पहाडका मानिसहरुलाई तराईमा बस्न उत्साहित गरे । मधेसीसँगको ‘काउन्टर–ब्यालेन्स’का लागि उनले त्यस्तो गरेका थिए । मधेसी भनेका भारतीय मूलका हुन ।
४. राजा महेन्द्रले गरेको चौथो काम भनेको नेपाली रुपियाँलाई भारतीय रुपेएसँगको विनिमयदर निश्चित गरे । नेपाली रुपैयाँलाई नेपालभर प्रयोग बाध्यकारी गराए । राजा महेन्द्रको यो कदमबाट नेपाली मुद्रा ठूला जोखिमहरुबाट मुक्त भयो ।
५. अन्ततः राजा महेन्द्रले सन १९६२ मा संविधानको मस्यौदा तयार पारे । जसबाट पञ्चायती व्यवस्था सुरु भयो । जसले नेपालमा धार्मिक रुपमा पनि राजतन्त्रको महत्व स्थापित गर्न सघाउ पुर्यायो ।
नेपालआजबाट

No comments:

Post a Comment