राष्ट्रपतिलाई फेसबुकमा गालि गर्ने युवा पकाउ, साइबर क्रईमको मुद्दा दर्ता - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 राष्ट्रपतिलाई फेसबुकमा गालि गर्ने युवा पकाउ, साइबर क्रईमको मुद्दा दर्ता

राष्ट्रपतिलाई फेसबुकमा गालि गर्ने युवा पकाउ, साइबर क्रईमको मुद्दा दर्ता

Share This
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ।सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्ने कार्यमा संलग्न रही फरार रहेका बनियाँलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।
उनले पक्राउ गरिएका बानियाँलाई विद्युतीय करोबार ऐन अन्र्तगत मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए। पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेका छन्।
बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ। नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ।
विद्यार्थी बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने नेविसंघ त्रिचन्द्र कलेज एकाई सदस्य सहदेव खत्रीले चेतावनी दिए।

No comments:

Post a Comment