"छाउपडी प्रथा"
परिचय:-१धेरै लाई थाह नहुन सक्छ नेपाल को शुदुरपश्चिममा रहेको "छाउपडी प्रथा" ले अझै जडो गाडेर बसेको छ। जुन एउटा अन्धविश्वास मात्रै हो । यहाँ का धेरै जनताले यो अन्धविश्वास हो भन्ने बुझेर पनि हटाउन सकेका छैनन।रज्व्श्वला लाई ठाउँ अनुसार विभिन्न नाम हरुले बोल्ने गरिन्छ । जस्तै छाउ हुनु, पर सर्नु, नछुने हुनु, रगत चुला बस्नु आदि ।जस्लाइ महिला हरुले रजस्वला को सुरुवात देखि रजस्वला बन्द नहुन्जेल भोग्नु पर्छ । चाहे उ किन मर्न लागेको नै किन न होस। जहाँ महिलाहरु रज्वश्वला भए पछि महिला ले छ दिन सम्म घर बाट टाढा बनाइएको एउटा गोठ मा बस्नु पर्छ। उनीहरु ले छ दिन सम्म कसैलाइ छुन मिल्दैन ।र उनिहरु ले छोएको कसैले खान अथवा छुन मिल्दैन।कति ठाउमा त यस्तो प्रचलन पनि छ कि उनी हरुले हिडेको बाटो सम्म हिड्न मिल्दैन । उनी हरुको नजिक हुन त परै जावस उनिहरुले हिडेको बाटो हिड्यो भने पनि देबि देउता ले सन्चो हुन दिदैनन अथवा श्राप दिन्छन भन्ने मान्यता रहि आएको छ। जुन बेला उनिहरुलाइ माया, ममता र सहयोगको अभाब हुन्छ, त्यही बेलामा नै उनिहरुलाइ घृणाको दृस्टीले हेरिन्छ। जस्लाइ कुनै पनि मान्छेको नजिक हुन, धार्मिक, पारिवारिक, तथा सामाजिक कार्यमा समाबेस हुन मिल्दैन अझ भनौ त्यस्तो हरेक कार्यहरुमा बन्देज गरिएको छ।हेर्दा यस्तो लाग्छ उनिहरु एउटा खुंखार अपराधी हो जस्लाइ हरेक कुरामा बन्देज छ।
यस्ले निम्त्याउने केही प्रमुख समस्याहरु:-२
यो "छाउपोडी प्रथा यहाँको प्रमुख समस्याको रूपमा देखिन्छ।जस्को कारणले बर्षेनी कैयौं महिला हरु सर्पले डसेर मर्ने गर्छिन। कैयौं महिलाहरु चिसो को कारणले मर्छिन। घर देखि टाढा गोठ रहने भएका ले कैयौं महिला बलत्कार को सिकार हुने गर्छिन । सुनसान अँध्यारो रात त्यसैमा घर बाट टाढा रहेको गोठमा एक्लै बस्नु पर्दा कस्लाइ डर लाग्दैन र? त्यसैमा पनि राती भुत ले समात्छ भन्ने डर को हलचल साधारण तथा प्राय महिला हरुमा अवस्य नै रहेको हुन्छ। रजस्वला भएको बेला अध्यारो सुन्सान रातमा एक्लै बस्नु पर्दा मन मा डर चिन्ता तथा आसंकाको कुरा खेलाउदा खेलाउदा कैयौ महिला हरु पागलपन, काप्ने, बेहोस हुने जस्ता रोगहरुको सिकार बन्ने गर्छिन। यिनै रोगहरुलाई मान्छे हरु भुत लाग्यो भनेर अनेकौ यातना दिने गर्छन । जस्लाई धामी झाक्री हरुको अगाडी छोपेर अथवा बाधेर राख्छन ।कसैले हात ले पिट्ने, कसैले फलाम को छडी तताएर रातो बनायर नाङ्गो ढाडमा पिट्ने , कसैले दात ले टोक्ने र कसैले आगो नै मुख मा कोची दिने सम्म गर्छन । बाइ चान्स कसैलाइ यस्तो ट्रीट्मेन्टले ठिक पनि हुने गर्छ तर धेरै महिला यो यातना सहन नकेर मृत्युको शिकार हुने गर्छिन र त्यसैलाइ फेरि भुत लागेर मृत्यु भयो भन्ने उपमा दिइन्छ।
रोकथाम :-३
यो सुदुरपसश्चिम को एउटा जल्दो बल्दो समस्या हो। जस्लाइ हटाउन कैयौं संसंस्था तथा सरकार ले धेरै जनचेतना मुलक कार्यक्रम तथा प्रयासहरु गरिरहेका छन तथापि यस्को बारेमा कुनै ठोस कानुन भने बनेको छैन।यहाँका धेरै गाउँ हरु छाउपोडी गोठ मुक्त त भए तर छाउपोडी मुक्त भने भएका छैनन । यहाँ का धेरै जसो जान्ने बुझ्ने ले नै यो भ्रम लाई पछ्याइ रहेका छन। शिक्षित त छन र यो एउटा अन्धविश्वास हो भन्ने पनि बुझेका छन तर यो प्रथा ज्यु का तिउ समस्याको रुप मा खडा छ। जहाँ सम्म मलाइ लाग्छ कसैले यस्लाइ जबर्जस्ती हटाउन खोजेर हट्ने वाला छैन । हजारौ बर्ष देखि चली आएको यो प्रथा एकै चोटि हट्ला भन्नू पनि निरर्थक नै हुन्छ। यस्लाइ हटाउन यहाँ को सबै जनता नै जाकरुक हुन जरुरि छ। सबैले पहल गर्न जरुरी छ। एक दुई जना पहल गर्नु जागरुक हुनु भनेको एक्लो बिरस्पति झुटो भने झै हो। यो प्रथा लाई हटाउन सु.प को सम्पुर्ण जनता ले मन देखि चाहनु जरुरी देखिन्छ। र मात्र यस्को अन्त्य सम्भब छ अन्यथा अझै कयौं बर्ष सम्म यो प्रथा ले जरो गाडी रहने छ र कैयौं महिलाहरुले यस्को सिकार हुनु पर्ने देखिन्छ।
धन्यवाद ।
नारायण जैशी
एन के अज्नभी
कमलबजार नगर पालिका :-९ बजगाउ अछाम शुदुरपस्चिम नेपाल।
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस.....
No comments:
Post a Comment