काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिस्ट पार्टी एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन् ।
नेकपा एमाले भ्रातृ संगठन युवा संघका पदाधिकारीसँग मंलवार दिउँसो भएको भेटमा अध्यक्ष दाहालले पार्टी एकतामा आफूहरु प्रतिबद्व रहेको जनाएका थिए । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यका साथ युवा संघका पदाधिकारीले दाहाललाई भेटेका थिए ।
भेटमा अध्यक्ष दाहालले माओवादी र एमालेको गठबन्धनलाई राष्ट्र र जनताले अनुमोदन गरिसकेको बताउँदै त्यो जनताको सम्पत्ति बनिसकेको दाबी गरेका थिए ।
‘वाम गठबन्धनको एकतालाई राष्ट्र र जनताले अनुमोदन गरिसकेको छ’, दाहालले भने, ‘पार्टी एकताको ऐतिहासिक कदम जनताको सम्पत्ति बनिसक्यो।’
कम्युनिस्ट पार्टी एक हुन समय लागे पनि अहिले परिपक्व समय आएको अध्यक्ष दाहालको दाबी थियो।
No comments:
Post a Comment