"प्रतिबिम्ब "
म विश्वकै सुन्दर देश
नेपालमा रहेको,
कुरुप शहर
काठमाडौमा,
गल्लीहरु बिच अग्लिएको एक घरको ,
एक तल्ला माथी कोठाको झ्यालमा,
एकोहोरो भइ बटुवा हेरिबसेको छु।
थरी थरी देशका,
—थरी थरी मान्छे हिँडेका छन,
अनुहार पढिसाद्धे छैन यी सबको,
लाग्छ विश्व भरिकै ,
थरी थरीका भाव छन यहाँ !
त्यहि भिड मध्ये ,
मलाई तान्छ एक मान्छेले ।
फाटेको जुत्ता लगाएको ,
एक फोहोरी मान्छे ,
पहिरन फोहोरी ,
टोपी लगाएको,
त्यो पनि फोहोरी ,
बाहिरी फोहोरी ,
हिँड्दा हिहिँड्दै
टक्क अडिएको छ।
म देख्छु म बसेको घरको,
ठ्याक्कै पारी रहेको,
सुन पसल जहाँ कोहि पनि छैन,
त्यहाँ छिरेको छ ,
त्यो फोहोरी मान्छे,
बाहिरी फोहोरी।
उ केही बोल्दैन ,
दायाँबायाँ कतै हेर्दैन,
गोजीबाट एउटा कागज झिक्छ,
झिक्छ त्यसलाई साथी,
कलम।
उ केही सोचेजस्तो गर्दैन,
थुचुक्क एउटा कुर्सीमा बसेर लेख्न थाल्छ।
मलाई जान्न मन लागेर आउँछ,
उसले के लेखिरहेको छ?
के उ कविता लेखिरहेछ?
हो भने उ कस्तो कविता लेखिरहेछ?
के उ आफ्नो लुटिएको भाग्यको,
वियोगले भरिएको कविता लेखिरहेछ?
या आफ्नी प्रेमिकाको यादमा,
कुनै प्रेमिल कविता लेखिरहेछ?
के उ सुखको सुन्दर कविता लेखिरहेछ?
या आफ्ना फोहोरी कपडाको,
उ प्रतिको गुनासोको कविता लेखिरहेछ?
म चाहान्छु वियोगको लेखोस,
वियोगान्त कविता राम्रा हुन्छ्न।
लेखिरहँदा उ एकैछिन अडिएको छ,
उ ठ्याक्कै म बसेकै झ्यालमा हेर्छ,
एकछिन सोचेजस्तो गर्छ,
र फेरि कलम चलाउँछ,
मलाई जान्न मन लागेर आउँछ ,
उसले किन ठिक म बसेकै झ्यालमा हेरेको छ?
के उ झुस्स दारी पालेको ,
झ्यालबाट बाहिर हेरेर उसैको बारे सोचिरहेको ,
एउटा केटोको कविता लेखिरहेछ?
हो भने मलाई जान्न मन लाग्छ,
उ मलाई कसरी कोरिरहेको छ आफ्नो कवितामा?
उसले मेरो कुन भाव कोरिरहेको छ?
के उसले मलाई दुखी देख्यो?
या खुशी नै खुशीले प्रफुल्ल देख्यो?
म चाहान्छु दुखी नै देखोस ।
दुखी कविता राम्रा हुन्छ्न ।
म देख्छु उसले लेखी सिधाएको छ,
कागज एक्दमै मायाले पट्ट्याएर,
एक फिक्का भाव दिएर,
गोजीबाट पर्स झिकेको छ,
उ पर्समा पैसा गनिरहेको छ,
म प्रष्ट देख्छु ,
उसको पर्सको पाँच रुपैयाँ ,
झिक्छ,
र मायाले पट्ट्याएको कागज,
गोजीमा हालेको छ।
म देख्छु उ भित्ताको स्विच थिच्दै छ,
कोहि भित्रबाट पसलमा निस्किन्छ,
त्यहाँ कुनै संवाद हुदैन ,
फोहोरी मान्छे ,
बाहिरी फोहोरी ,
केही कुरि बसेको छ
भित्रबाट निस्किएको मान्छेले ,
आफ्नो गोजी छामेको छ,
१० रुपैयाँ झिकेर फोहोरी मान्छेलाई दिएको छ,
बाहिरी फोहोरी ।
उ १० रुपैयाँ लिएर चुपचाप अगाडी लम्कन्छ,
म अहिले भने त्यो मान्छेमा,
पागल देखिरहेको छु,
पागल फोहोरी मान्छे ,
बाहिरी फोहोरी ।
म देखिरहेको छु,
अलि पर गएर उसले म बसेकै झ्यालमा ,
फर्केर हेरेको छ,
र कतै भिडमा हराएको छ।
पागल फोहोरी मान्छे,
बाहिरी फोहोरी !
म झल्यास्स हुन्छु,
र सम्झन्छु आजको,
मेरि प्रियको जन्मदिन,
म सम्झन्छु उनले मागेकी कविता ,
उनको जन्मदिनको को कविता ,
तर म यहाँ बाटोमा हिडिरहेको ,
अपरिचित पागल फोहोरी मान्छेको कविता लेखिरहेछु।
म देखिरहेको छु,
अलि पर गएर उसले म बसेकै झ्यालमा ,
फर्केर हेरेको छ,
र फिस्स हासेर कतै भिडमा हराएको छ।
हराउँदै गर्दा कतैबाट आवाज सुनेको छु,
फिक्का आवाज ,
"लेखक सबै पागल हुन् ।"
म विश्वकै सुन्दर देश
नेपालमा रहेको,
कुरुप शहर
काठमाडौमा,
गल्लीहरु बिच अग्लिएको एक घरको ,
एक तल्ला माथी कोठाको झ्यालमा,
एकोहोरो भइ बटुवा हेरिबसेको छु।
थरी थरी देशका,
—थरी थरी मान्छे हिँडेका छन,
अनुहार पढिसाद्धे छैन यी सबको,
लाग्छ विश्व भरिकै ,
थरी थरीका भाव छन यहाँ !
त्यहि भिड मध्ये ,
मलाई तान्छ एक मान्छेले ।
फाटेको जुत्ता लगाएको ,
एक फोहोरी मान्छे ,
पहिरन फोहोरी ,
टोपी लगाएको,
त्यो पनि फोहोरी ,
बाहिरी फोहोरी ,
हिँड्दा हिहिँड्दै
टक्क अडिएको छ।
म देख्छु म बसेको घरको,
ठ्याक्कै पारी रहेको,
सुन पसल जहाँ कोहि पनि छैन,
त्यहाँ छिरेको छ ,
त्यो फोहोरी मान्छे,
बाहिरी फोहोरी।
उ केही बोल्दैन ,
दायाँबायाँ कतै हेर्दैन,
गोजीबाट एउटा कागज झिक्छ,
झिक्छ त्यसलाई साथी,
कलम।
उ केही सोचेजस्तो गर्दैन,
थुचुक्क एउटा कुर्सीमा बसेर लेख्न थाल्छ।
मलाई जान्न मन लागेर आउँछ,
उसले के लेखिरहेको छ?
के उ कविता लेखिरहेछ?
हो भने उ कस्तो कविता लेखिरहेछ?
के उ आफ्नो लुटिएको भाग्यको,
वियोगले भरिएको कविता लेखिरहेछ?
या आफ्नी प्रेमिकाको यादमा,
कुनै प्रेमिल कविता लेखिरहेछ?
के उ सुखको सुन्दर कविता लेखिरहेछ?
या आफ्ना फोहोरी कपडाको,
उ प्रतिको गुनासोको कविता लेखिरहेछ?
म चाहान्छु वियोगको लेखोस,
वियोगान्त कविता राम्रा हुन्छ्न।
लेखिरहँदा उ एकैछिन अडिएको छ,
उ ठ्याक्कै म बसेकै झ्यालमा हेर्छ,
एकछिन सोचेजस्तो गर्छ,
र फेरि कलम चलाउँछ,
मलाई जान्न मन लागेर आउँछ ,
उसले किन ठिक म बसेकै झ्यालमा हेरेको छ?
के उ झुस्स दारी पालेको ,
झ्यालबाट बाहिर हेरेर उसैको बारे सोचिरहेको ,
एउटा केटोको कविता लेखिरहेछ?
हो भने मलाई जान्न मन लाग्छ,
उ मलाई कसरी कोरिरहेको छ आफ्नो कवितामा?
उसले मेरो कुन भाव कोरिरहेको छ?
के उसले मलाई दुखी देख्यो?
या खुशी नै खुशीले प्रफुल्ल देख्यो?
म चाहान्छु दुखी नै देखोस ।
दुखी कविता राम्रा हुन्छ्न ।
म देख्छु उसले लेखी सिधाएको छ,
कागज एक्दमै मायाले पट्ट्याएर,
एक फिक्का भाव दिएर,
गोजीबाट पर्स झिकेको छ,
उ पर्समा पैसा गनिरहेको छ,
म प्रष्ट देख्छु ,
उसको पर्सको पाँच रुपैयाँ ,
झिक्छ,
र मायाले पट्ट्याएको कागज,
गोजीमा हालेको छ।
म देख्छु उ भित्ताको स्विच थिच्दै छ,
कोहि भित्रबाट पसलमा निस्किन्छ,
त्यहाँ कुनै संवाद हुदैन ,
फोहोरी मान्छे ,
बाहिरी फोहोरी ,
केही कुरि बसेको छ
भित्रबाट निस्किएको मान्छेले ,
आफ्नो गोजी छामेको छ,
१० रुपैयाँ झिकेर फोहोरी मान्छेलाई दिएको छ,
बाहिरी फोहोरी ।
उ १० रुपैयाँ लिएर चुपचाप अगाडी लम्कन्छ,
म अहिले भने त्यो मान्छेमा,
पागल देखिरहेको छु,
पागल फोहोरी मान्छे ,
बाहिरी फोहोरी ।
म देखिरहेको छु,
अलि पर गएर उसले म बसेकै झ्यालमा ,
फर्केर हेरेको छ,
र कतै भिडमा हराएको छ।
पागल फोहोरी मान्छे,
बाहिरी फोहोरी !
म झल्यास्स हुन्छु,
र सम्झन्छु आजको,
मेरि प्रियको जन्मदिन,
म सम्झन्छु उनले मागेकी कविता ,
उनको जन्मदिनको को कविता ,
तर म यहाँ बाटोमा हिडिरहेको ,
अपरिचित पागल फोहोरी मान्छेको कविता लेखिरहेछु।
म देखिरहेको छु,
अलि पर गएर उसले म बसेकै झ्यालमा ,
फर्केर हेरेको छ,
र फिस्स हासेर कतै भिडमा हराएको छ।
हराउँदै गर्दा कतैबाट आवाज सुनेको छु,
फिक्का आवाज ,
"लेखक सबै पागल हुन् ।"

@"बाङिएको सिधा "
ढाकाको टोपी लगाएको,
होचो कद भएको,
भुँडी पुट्ट निक्लिएको,
खुट्टा बाङिएको,
मान्छे देखेँ आज ।
र सङै देखेँ अघिअघि ,
कालो चस्मा लगाएको,
अग्लो कद भएको,
दारी पालेर मर्द भएको,
सोझो खुट्टा भएको,
ठिटो पनि देखेँ आज ।
म एकछिन सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई ठिटो राम्रो लाग्यो,
र खुट्टा बाङिएको मान्छे,
कुरुप।
म हेरिरहेको छु ,
ती दुईको ढंग ,
दारी पालेर मर्द भएको
त्यो हिरो केटो,
धेरै अघि पुगेको छ।
खुट्टा बाङिएको ,
त्यो होचो कद्को मान्छे,
सुस्त अनि कष्ट गर्दै,
ढल्कदैँ हिँडेको छ।
म एकछिन सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई ठिटो राम्रो लाग्यो,
र खुट्टा बाङिएको मान्छे,
कुरुप।
केहि पर पुगेर,
त्यो हिरो केटो,
स्याउ बेच्दै बसेको,
एक मधेसीको
साईकल लडाएर,
एक फेर आँखा तर्दै ,
हिड्यो पिच्च थुकेर।
खुट्टा बाङिएको ,
त्यो होचो कदको मान्छे,
ढल्कदै पुगेको छ,
मधेसी ब्यापारीको मा,
र अडिएको छ हेर्दै पसलेलाई,
जो गुडेका स्याउ टिप्दै छ।
म हेरिरहेको छु,
त्यो होचो कद भएको मान्छे,
बाङिएको खुट्टा ,
अझै बङाएर,
टिप्दै छ,
छरपस्ट भएका स्याउ।
म फेरि सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई त्यो मान्छेको,
बाङिएको खुट्टा सोझा लागे,
राम्रो!
र,
कालो चस्मा लगाएको,
अग्लो कद भएको,
दारी पालेर मर्द भएको,
मलाई त्यो ठिटोको,
सोझो खुट्टा बाङा लागे,
कुरुप!
होचो कद भएको,
भुँडी पुट्ट निक्लिएको,
खुट्टा बाङिएको,
मान्छे देखेँ आज ।
र सङै देखेँ अघिअघि ,
कालो चस्मा लगाएको,
अग्लो कद भएको,
दारी पालेर मर्द भएको,
सोझो खुट्टा भएको,
ठिटो पनि देखेँ आज ।
म एकछिन सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई ठिटो राम्रो लाग्यो,
र खुट्टा बाङिएको मान्छे,
कुरुप।
म हेरिरहेको छु ,
ती दुईको ढंग ,
दारी पालेर मर्द भएको
त्यो हिरो केटो,
धेरै अघि पुगेको छ।
खुट्टा बाङिएको ,
त्यो होचो कद्को मान्छे,
सुस्त अनि कष्ट गर्दै,
ढल्कदैँ हिँडेको छ।
म एकछिन सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई ठिटो राम्रो लाग्यो,
र खुट्टा बाङिएको मान्छे,
कुरुप।
केहि पर पुगेर,
त्यो हिरो केटो,
स्याउ बेच्दै बसेको,
एक मधेसीको
साईकल लडाएर,
एक फेर आँखा तर्दै ,
हिड्यो पिच्च थुकेर।
खुट्टा बाङिएको ,
त्यो होचो कदको मान्छे,
ढल्कदै पुगेको छ,
मधेसी ब्यापारीको मा,
र अडिएको छ हेर्दै पसलेलाई,
जो गुडेका स्याउ टिप्दै छ।
म हेरिरहेको छु,
त्यो होचो कद भएको मान्छे,
बाङिएको खुट्टा ,
अझै बङाएर,
टिप्दै छ,
छरपस्ट भएका स्याउ।
म फेरि सोच्न थालेँ,
म दाज्न थालेँ,
ति दुईलाई,
मलाई त्यो मान्छेको,
बाङिएको खुट्टा सोझा लागे,
राम्रो!
र,
कालो चस्मा लगाएको,
अग्लो कद भएको,
दारी पालेर मर्द भएको,
मलाई त्यो ठिटोको,
सोझो खुट्टा बाङा लागे,
कुरुप!
@- सागर ढकाल