सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

Share This

१३ मंसिर, काठमाडौं । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर बम लगेर विस्फोट गराउँदा पनि थाहा नपाएको भन्दै आक्रोस पोखेको थिए । उनले सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका छन् ।गृहसचिव सापकोटाका अनुसार दाङ र उदयपुरमा भएको बम विस्फोटबारे थप अनुसन्धान भइरहेको छ । मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् ।सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्ऽ क्षत्रीको सट्टा बलदेव राज महत सहभागी थिए भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धानका दिलिप रेग्मी र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ सहभागी थिए ।