घरेलु उपचारका लागि फाइदा हुने मोबाइल एप्स सार्वजनिक - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

घरेलु उपचारका लागि फाइदा हुने मोबाइल एप्स सार्वजनिक

घरेलु उपचारका लागि फाइदा हुने मोबाइल एप्स सार्वजनिक

Share This




नेपालि अनलाइन टिभी : नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेसनको सुरुवात गरेको छ। एपको हास्य कलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको सहभागितामा सार्वजनिक भएको थियो।
‘घर–घरमा प्राथमिक उपचारक’ भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारसम्बन्धी सीपलाई विश्वभर रहेका नेपालीभाषीको घर–घरमा पु¥याउने लक्ष्यका साथ अमेरिकी रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप तयार गरिएको हो। समयअनुसार प्रविधिको विकास गरी प्राथमिक उपचारका विषयमा जानकारी गराउने उद्देश्यले एपको निर्माण गरिएको श्रेष्ठले बताउनुभयो। उहाँले रेडक्रसले कुनै पनि विपद्का समयमा घटनास्थलमै आकस्मिक उपचार उपलब्ध गराउने जानकारी दिनुभयो।
देशमा जुन सुकै आपतविपत पर्दा रेडक्रसले प्राथमिक उपचारमा सहयोग गरेको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताउनुभयो। तत्कालै प्राथमिक उपचार सेवा पु¥याउन सकिने मोबाइल एप बन्नु सबैको लागि खुसीको कुरा भएको थापाले बताउनुभयो।
पहिलो क्षेत्र सिक्नुहोसः एलर्जी-एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु,तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु-हाइपोथर्मिया, विषतथाहानिकारक पर्दाथ, कम्पन-छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिकउपचार, डसेको टोकेको घाउ, मर्कनु-खुस्कनु, मस्तिष्सघात-स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ। तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारः एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटा रहेको छ। 
दोस्रो क्षेत्रः तयारी गर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिकआँधी-तुफान, पहिरो, विधुतीय अबरोध, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ।
चौथो क्षेत्रमा परिक्षाः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयम मूल्याङ्कन गरिने विषयहरू रहेको छ।
पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दादिन, प्राथमिकउपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवाबारेमा, एप्लिकेशनलाई आदानप्रदानगर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ।


No comments:

Post a Comment